मधेशमा नयाँ सरकार गठनको तयारी: कांग्रेस, एमाले र जनमतले कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेश



जनकपुरधाम – २२ असोज। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिँदै नयाँ सरकारको लागि दाबी पेश गरेको छ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन तीन दलले बहुमत सांसदको हस्ताक्षर सहित दाबी पेश गरेको हो।

नेकपा एमालेले आजै सतिशकुमार सिंहलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा रहेका आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएका थिए ।

काङ्ग्रेस एमाले र जनमतले आजै प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि दावी पेश गरिएको छ ।

एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गरिएको हो ।
१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।

जनमतबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले जिनजी आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरेका थिए। तर अवस्था सहज भएपछि उनले पछाडि राजीनामा नदिने अडान लिँदै सदन फेस गर्ने बताएका थिए ।
जनमत संसदीय दलको निर्णयलाई समेत सिंहले बेवास्ता गरेपछि गत भदौ ३१ गते उसले आफ्ना मुख्यमन्त्री मन्त्री सहित फिर्ता बोलाएको र सरकारबाट समर्थन फिर्ता लिएको पत्र सभामुख रामचन्द्र मण्डललाई बुझाएको थियो।

एक साताअघि मात्रै नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदै आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएको थियो। एमालेले भने सिंहलाई काँध थापेको थियो।
कांग्रेसले समर्थन फिर्ता लिइसकेपछि एमाले बाध्य भएर समर्थन फिर्ता लिएर नयाँ सरकारको लागि अघि बढेको हो। एक साताअघि नै एमाले, कांग्रेस र जनमत बीच सरकार बनाउने सहमति भएको थियो।

हेर्नुहोस् विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज