मधेसका मुख्यमन्त्री यादवले पुस ४ मा विश्वासको मत लिने



जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते (शुक्रबार) विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन उनले प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।

सात दलको समर्थनमा नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेता यादव मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

गत कात्तिक २४ गते बिहान पाँच बजे बर्दिवासको एक होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त हुँदा कांग्रेससहित सात दलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सनुवाइ गर्दै सर्वोच्च अदालतले मंसिर १५ गते २४ घण्टाभित्र तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत लिन आदेश दिएको थियो । विश्वासको मत लिन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि परमादेश जारी गरेको थियो ।

यादवले विश्वासको मत लिन नसकेपछि संविधानको धारा १६८ को उपधारा २ अनुसार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज