पर्साको छिपहरमाई–१ मिर्जापुरमा रास्वपाको वडा समिति गठन



वीरगंज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा वडा भेला गरी वडा कार्यसमिति गठन गरेको छ। संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै पार्टीले स्थानीय तहमा संरचना मजबुत पार्ने उद्देश्य लिएको जनाएको छ।

छिपहरमाई–१ मिर्जापुर वडा भेलाबाट प्रमेश्वर प्रसाद पटेल अध्यक्ष, मनोज प्रसाद यादव उपाध्यक्ष र श्रवन यादव सचिवमा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा शेषनाथ यादव, अमिका यादव, मेघा यादव, बिरेन्द्र शर्मा, अमरेश राम, धमेन्द्र प्रसाद यादव, एकबाली साह कानु र ताराचन्द्र साह चयन भएका छन्।

जितेन्द्र मिश्राको सभापतित्वमा सम्पन्न भेलामा रास्वपा पर्साका सभापति हरि पन्त प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रदेश प्रचार–प्रसार प्रमुख राम सर्राफ, तुलसी पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै रास्वपा पर्सा सभापति हरि पन्तले छिट्टै पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा वडा समिति गठन गरिने जानकारी दिए। उनले पछिल्लो समय वीरगञ्ज महानगरसहित जिल्लाभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन चाहनेहरूको आकर्षण बढ्दै गएको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज