नेपाली कांग्रेस पर्साद्वारा मधेश प्रदेशका मन्त्रीहरूको भव्य स्वागत तथा सम्मान



वीरगंज । नेपाली कांग्रेस पर्साले वीरगंजमा भव्य विशेष स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्दै मधेश प्रदेश सरकारका शीर्ष नेतृत्वलाई एकै मंचमा सम्मान गरेको छ।

नेपाली कांग्रेस पर्साको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल यादव, वन तथा वातावरण मन्त्री शंकर चौधरी तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेललाई पार्टीको तर्फबाट औपचारिक रूपमा स्वागत तथा सम्मान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले मधेश प्रदेशको विकास, सुशासन र जनसेवामा नेपाली कांग्रेसको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता एकता र प्रदेशस्तरीय नेतृत्वको समन्वयमार्फत जनअपेक्षा पूरा गर्ने विषयमा जोड दिइएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला, नगर तथा वडा तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्‍घोषण नेपाली कांग्रेस पर्साका जिल्ला सचिव तथा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इन्तियाज आलमले गरेका थिए।

उक्त कार्यक्रमले पार्टीभित्र संगठनात्मक मजबुती थप्नुका साथै मधेश प्रदेशमा नेपाली कांग्रेसको राजनीतिक भूमिका अझ सशक्त हुने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज