पर्सा : एमालेले चार वटै क्षेत्रको उम्मेदवार टुंगो लगायो



वीरगंज। नेकपा एमालेले पर्सा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको निर्णय गरेको छ।

पर्सा क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई उम्मेदवार बनाइएको छ। यादव आइतबार राति जसपा नेपाल छाडेर एमालेमा प्रवेश गरेका थिए। यसअघि २०७४ र २०७९ को निर्वाचनमा उनी उपेन्द्र यादवको पार्टीबाट लगातार दुई पटक सांसद निर्वाचित भएका थिए। जसपा नेपालले टिकट नदिने भएपछि यादवले एमाले प्रवेश गरेर टिकट पाएका हुन्।

पर्सा क्षेत्र नम्बर २ बाट नयाँ अनुहार रिमा यादवलाई उम्मेदवार बनाइएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २९ निवासी रिमा, एमालेका स्थानीय नेता प्रदुमन यादवकी पत्नी हुन् र राजनीतिमा सक्रिय अनुभव कम छ।

पर्सा क्षेत्र नम्बर ३ बाट मधेस प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व शिक्षामन्त्री प्रमोद जयसवाललाई उम्मेदवार बनाइएको छ। जयसवाल २०७९ को निर्वाचनमा जसपा नेपालले टिकट नदिँदा स्वतन्त्र रूपमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए र डेढ वर्षअघि एमाले प्रवेश गरेका हुन्।

पर्सा क्षेत्र नम्बर ४ बाट भने एमालेले जालिम मियाँलाई फेरि उम्मेदवार बनाएको छ। २०७९ को निर्वाचनमा उनले कांग्रेसका रमेश रिजालसँग केवल ५ हजार मतको अन्तरले पराजित भएको थिए। यसअघि जालिम मियाँ २०७४ को निर्वाचनमा जगरनाथपुर गाउँपालिकाको अध्यक्ष पनि बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज