राम किशोर सिंह (पराग) उज्यालो नेपाल पार्टीबाट पर्सा–१ मा प्रतिनिधि सभा टिकट पाए



वीरगंज । पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वको उज्यालो नेपाल पार्टीबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष राम किशोर सिंह (पराग) ले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनका लागि टिकेट पाएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिंहले आज मनोनयन दर्ता गर्ने बताएका छन् । मनोनयन दर्ता गरेसँगै वडाध्यक्ष पद स्वतः खारेज हुने कानुनी व्यवस्था रहेकाले हाल राजीनामा नदिएको उनले जानकारी दिए ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका पराग जेन–जी आन्दोलनपछि नेकपा (एमाले) परित्याग गर्दै स्वतन्त्र राजनीतिक यात्रामा निस्किएका परागले एमालेभित्र ‘दास प्रथा’ मौलाएको र कम्युनिस्ट विचार विपरीत गतिविधि भएको आरोप लगाउँदै वीरगञ्ज महानगर कमिटीको उपाध्यक्ष पदसहित साधारण सदस्यतासमेत राजीनामा दिएका थिए ।

जेन–जी आन्दोलनको खुला समर्थन गर्दै आएका परागले राजनीतिमा नयाँ, इमानदार र पढेलेखेका युवालाई अवसर दिनुपर्ने अडान लिँदै आएका छन् ।

लामो समय एमालेमा सक्रिय परागको पार्टी परित्याग र नयाँ दलमार्फत सक्रिय राजनीतिमा प्रवेशले स्थानीय राजनीतिक वृत्तमा चर्चा र तरङ्ग सिर्जना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर