पर्सा–४ मा प्रतिनिधिसभा निर्वाचनका लागि ११ स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी दर्ता



वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ जना स्वतन्त्रसहित विभिन्न दलबाट कुल २४ जनाले उम्मेदवारी (मनोनयन) दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार निर्धारित समयभित्र मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको हो ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार नेपाली कांग्रेसबाट पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य रमेश रिजाल, नेकपा एमालेबाट जालिम मियाँ मन्सुरी, नेपाली कम्युनिष्ट पार्टीबाट जय प्रकाश थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेक बहादुर शाक्य, जनता समाजवादी पार्टी नेपालबाट कृपा सिन्दु चौधरी, आम जनता पार्टीबाट इमदाद गद्दी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शान्त कुमार जोशी उम्मेदवार बनेका छन् ।

त्यस्तै नेपाली उज्यालो पार्टीबाट विनोद यादव, पिपुल फर्स्ट पार्टीबाट फिरोज अन्सारी, नेपाल मजदुर किसान पार्टीबाट साहब मियाँ तेली, र नेपाल जनता पार्टीबाट अरुण कुमार कुशवाहाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा सबिर अहमद, गीता देवी बनिया, समसुल्हक मियाँ, उषा देवी, सुरजी देवी, कोरेमा खातुन, इन्द्रदेव प्रसाद महतो, पारस राउत र टिका बहादुर गुरुङले मनोनयन दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज