जसपा बाट निर्वाचित कालिकामाई–३ का वडाध्यक्ष पटेलसहित ६ सयभन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश, पर्सा–४ मा रमेश रिजालको जीत सुनिश्चित



वीरगंज, पर्सा । प्रतिनिधि सभा निर्वाचनको मुखमै पर्सा जिल्लामा राजनीतिक हलचलसँगै नेपाली कांग्रेसमा जनसमर्थनको लहर उर्लिरहेको छ। कालिकामाई–३ का वडाध्यक्ष संजय कुमार पटेलले जनता समाजवादी पार्टी नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पटेल गत स्थानीय तह निर्वाचनमा जसपाबाट निर्वाचित भएका थिए र २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरमबाट समेत विजयी भइसकेका अनुभवी जनप्रतिनिधि हुन्।

गत स्थानीय तह निर्वाचनमा जसपाबाट पोखरिया नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका राजु साह तेली तथा पोखरिया–३ बसन्तपुरमा वडा अध्यक्ष पदका उम्मेदवार रबि भुसण तिवारीसहित ६ सयभन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवम् पर्सा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश रिजाल, पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री तथा जगरनाथपुर गाउँपालिका अध्यक्ष एवं क्षेत्रीय सभापति सृकान्त प्रसाद यादव लगायत नेताहरूले स्वागत गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, पर्साका सचिव नवीन सिंह, जिल्ला कोषाध्यक्ष प्रेम बहादुर थापा, किशोरी साह कानु, किशोर जैसवाललगायतको उपस्थिति रहेको थियो।

पर्सा क्षेत्र नं. ४ मा अहिले नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल को पक्षमा जनसमर्थन बलियो भएको देखिन्छ। राजनीतिक समीकरण, स्थानीय जनप्रतिनिधिहरूको समर्थन र जनलहरले संकेत गरिरहेको छ कि यस क्षेत्रबाट उनको जित लगभग सुनिश्चित भइसकेको छ। मतदाताबीच सकारात्मक सन्देश फैलिरहेको र क्षेत्रीय स्तरमा कांग्रेसको माहोल अत्यन्तै उत्साहित रहेको स्थानीय विश्लेषकहरूले बताएका छन्।

चुनावको मुखमा भएको यो प्रवेश र बलियो जनसमर्थनले नेपाली कांग्रेसलाई पर्सा–४ मा विजयी बनाउने सम्भावना थप बलियो बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज