आफ्नो घरको गेटभित्र बम पड्काइएको भन्दै सांसद गुरुङद्वारा पीएसओ माग

बीरगंज एक्सप्रेस
२०७९ श्रावण १७, मंगलवार ०८:१२ बजे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताएकी छन् ।

मंगलबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले आफ्नो घरको गेटभित्र बम पड्किएको दाबी गरेकी हुन् ।



उनले सुरक्षाको कारण दखाउँदै आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्री र सरकारसँग माग राखेकी छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा २०७८ जेठ ८ मा विघटन गरेपछि जसपाको महन्थ ठाकुर पक्षबाट गुरुङ राज्यमन्त्री बनेकी थिइन् । उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राज्यमन्त्री बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्