बैंकिङ कसूर मुद्दाका फरार आचार्य पक्राउ

बीरगंज एक्सप्रेस
२०७९ श्रावण १९, बिहीबार ०८:२१ बजे

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा १९ लाख ५० हजार बिगो नबुझाइ फरार रहेका गोरखा नगरपालिका-२ घर भई हाल बानेश्वरमा बस्‍ने ४६ वर्षीय दिपकचन्द्र आचार्यलाइ प्रहरीले पक्राउ गरेको हो ।



उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापागाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका आचार्यमाथि थप अनुसन्धानको लागि प्रहरी वृत गौशाला पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी बैंकिङ कसूर मुद्दामा १९ लाख ५० हजार बिगो नबुझाइ फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्