एमाले प्रवेश गर्दै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल



काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गर्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार खनालले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्ने तयारी गरेका हुन् ।



उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराउने छन् । आज (बुधबार) ओली र खनालबीच बालकोटमा भेटवार्ता भएको थियो ।



भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत आश्वासन दिएको स्रोतले बतायो । सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६औँ प्रहरी महानिरीक्षक हुन् ।

सर्वेन्द्र ३० वर्षे उमेर हदका कारण २०७६ माघ २८ गतेदेखि अनिवार्य अवकाशमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज