समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाको सचिवालय बैठक आज

NEWS DESK
२०८३ कार्तिक १४, शनिवार ०९:१४ बजे

काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज शनिबार बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, कानुनी विषय तथा समसामयिक राष्ट्रिय मुद्दाहरूबारे छलफल हुने रास्वपाका एक नेताले जानकारी दिएका छन्।

बैठकमा सहभागी हुन पार्टीका सचिवालय सदस्यहरूलाई शुक्रबार राति नै सन्देशमार्फत जानकारी गराइएको थियो।

यसअघि शुक्रबार साँझ सभापति लामिछानेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम र पार्टीका कानुनविद् सांसदहरूसँग छलफल गरेका थिए। पछिल्लो राजनीतिक घटनाक्रम र देखिएका कानुनी जटिलताबारे उनीहरूबीच गम्भीर परामर्श भएको बताइएको छ।

कानुनमन्त्री तथा कानुनविद् सांसदहरूसँगको छलफललगत्तै सभापति लामिछानेले सचिवालय बैठक बोलाएकाले आजको बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। बैठकबाट पछिल्ला घटनाक्रमबारे पार्टीको आधिकारिक धारणा तय हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्