वीरगञ्ज । हिन्दु स्वयंसेवक सङ्घ नेपालको आयोजनामा वीरगञ्जमा सञ्चालित सातदिने आवासीय प्राथमिक शिक्षा वर्ग–२०८३ बिहीबार सम्पन्न भएको छ ।
समापन समारोहका अवसरमा सहभागी स्वयंसेवकहरूले विभिन्न शारीरिक अभ्यास, अनुशासित प्रदर्शन तथा झाँकी प्रस्तुत गरेका थिए । साथै, वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा झाँकीसहित र्यालीसमेत निकालिएको थियो ।
सात दिनसम्म सञ्चालित प्रशिक्षणमा सहभागी स्वयंसेवकहरूले तालिमका क्रममा सिकेका शारीरिक, मानसिक तथा बौद्धिक अनुशासनसम्बन्धी सीप र अभ्यास प्रदर्शन गरेका थिए । उनीहरूको प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकहरूको ध्यान आकर्षित गरेको थियो ।


तपाईको प्रतिक्रिया !