प्रतिबन्धित भारतीय रूपैयाँसहित विमानस्थलबाट दुई अमेरिकी पक्राउ



[ad_1]

काठमाडौं । नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित २ जना अमेरिकी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अमेरिकी नागरिक ६९ वर्षीय थुप्तेन ग्लेक ल्हास्वा र ५९ वर्षीया काल्साङ छोदोन छन् । उनीहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।



भिस्तारा एयरको उडानद्धारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा भारतीय रूपैयाँ फेला परेपछि पक्राउ गरिएको थियो ।



विमानस्थलको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा थुप्तेनको झोलाभित्र भारतीय ५०० दरका ३०० थान र काल्साङको झोलाभित्र ५०० दरका ३७० थान भारु फेला पारी दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बनधमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज