डोटी जिप दुर्घटनाका घाइतेको सैनिक हेलिकप्टरबाट उद्धार



[ad_1]

डोटी । मङ्गलवार डोटीमा जिप र मोटरसाईकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्ला सुरक्षा समिति डोटीको समन्वय तथा पहल र नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको एन ए ०६१ नम्बरको हेलिकप्टर मार्फत घाइतेहरूको उद्धार गरिएको हो ।



दुर्घटनामा परि घाइते भएका ६ जना मध्ये गम्भीर अवस्थाका दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की वर्ष ६५ की धौली देवी बिस्ट र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वर्ष ३२ का विष्णु बोहरालाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएका प्रहरीले जनाएको छ ।





[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज