प्रतिभावान खेलाडीलाई समेट्दै टोली निमार्ण गर्छु : प्रशिक्षक भिन्सेन्जो



[ad_1]

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निमार्ण गर्ने बताएका छन्।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले यस्तो बताएका हुन् ।



प्रशिक्षक एनिसले चलिरहेको शहीद स्मारक ए डिभिजन लिग र विगतका खेलबाट उनीहरुले गरेको प्रदर्शनको आधारमा टिम निमार्ण गर्ने बताए।



प्रशिक्षक भिन्सेन्जोले नेपालको प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र तीन वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकोसमेत बताए ।

उनले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेको र चलिरहेको ए डिभिजन लिगमा पनि आफूले सम्भावना बोकेका खेलाडी भेटेको समेत बताए।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज