लाओसविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक

न्यूज डेस्क
२०७९ चैत्र १७, शुक्रवार १७:०३ बजे

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत लाओसविरुद्ध फाइनल खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।

नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले कप्तान किरण चेम्जोङको कप्तानीमा लाओसविरुद्ध खेल्ने सुरुआती-११ घोषणा गरेका हुन् ।



त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र लाओसबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।



पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा दोस्रोले ३ हजार डलर पाउनेछ ।

नेपाली टिम

किरण कुमार लिम्बु (कप्तान), विकाश खवास, अनन्त तामाङ, रोहित चन्द, मणिकुमार लामा, मणिकुमार लामा, नवीन लामा, एरिक विष्ट, आयुष घलान, सनिश श्रेष्ठ, मनिष डाँगी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्