प्रधानमन्त्री प्रचण्ड नेपाल र लाओसबीचको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगे



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र लाओसबीचको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।

नेपालले थ्री नेसन्स कपको उपाधिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओससँग प्रतिस्पर्धा गरिरहेको छ ।



पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो।



लाओसले भने भुटानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा दोस्रोले ३ हजार डलर पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज