सगरमाथा हाइड्रोपावरको आईपीओ बाँडफाँट | Online Nepal

न्यूज डेस्क
२०७९ चैत्र १७, शुक्रवार १८:२३ बजे

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले उक्त आईपीओ बाँडफाँट गरेको हो ।



कम्पनीले ८ चैतदेखि १२ चैतसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको थियो ।



उक्त आईपीओमा १४ लाख ४४ हजार ९७८ जना आवेदकबाट १ करोड ६२ लाख २९ हजार २३० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

जसमध्ये विभिन्न कारणले आवेदन रद्द भएर १३ लाख ९३ हजार १५३ जनाको कुल १ करोड ५१ लाख ८७ हजार ९९० कित्ता सेयर माग गरेको आवेदन सदर भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

रितपूर्वक प्राप्त भएका आवेदकहरुमध्ये जम्मा ३ लाख ५८ हजार १७६ जना आवेदकहरुलाई १० कित्ताको दरले आईपीओ बाँडफाँट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्