ठोरी गाउँपालिका अध्यक्षको चेतावनी : ‘तथ्यहिन समाचार फैलाउनेविरुद्ध कानुनी कारबाही अघि बढाइने’



वीरगंज ।  केही दिनदेखि सामाजिक सञ्जालमा ठोरी गाउँपालिका र यसका कर्मचारीहरूमाथि आएका आधारहीन तथा भ्रामक समाचारप्रति गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले गम्भीर ध्यानाकर्षण गराएका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल र केही फेसबुक पेजमार्फत चरित्र हत्या गर्ने शैलीमा फैलाइएको सूचना तथा आरोपहरू पूर्णतः प्रमाणविहीन, तथ्यविहीन र नियोजित रहेको बताएका छन्।

“यदि तपाईंहरूले लगाएका आरोपहरूको कुनै प्रमाण छ भने, त्यसलाई प्रमाणसहित गाउँपालिकामा बुझाउनुस्। प्रमाण पुगेमा दोषीमाथि आवश्यक कारबाही गर्न गाउँपालिका प्रतिबद्ध छ,” अध्यक्ष श्रेष्ठको भनाइ छ। उनले प्रमाणविना गरिएको चरित्र हत्या गैरजिम्मेवार पत्रकारिता र साइबर अपराधअन्तर्गत पर्ने भएकाले सम्बन्धित सञ्चालकहरूमाथि कानुनी प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएका छन्।

यस्ता भ्रामक सामग्रीहरूका कारण मनोबल नघटाई, सबै कर्मचारीहरूलाई कर्तव्यमा दृढ भएर लाग्न निर्देशन दिँदै अध्यक्ष श्रेष्ठले तथ्यहिन प्रचारप्रति भ्रममा नपर्न आम नागरिकहरूमा अपिल गरेका छन्।

गाउँपालिकाले छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जानकारी दिँदै उनले निष्पक्ष र प्रमाणमा आधारित सूचनामात्रै सार्वजनिक गर्न मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज