वीरगंज, १४ असोज। पर्साको पकाहाँमैनपुर गाउँपालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंह हाजिर भएका छन्।
गाउँपालिका अध्यक्ष सुरेश मेहताले दोसल्ला ओढाएर सिंहलाई स्वागत गरेका थिए। कार्यक्रममा उपाध्यक्ष सरफून नेशासहित वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा समाजसेवीहरूको सहभागिता थियो।
हाजिर भएपछि सिंहले सुशासन, प्रभावकारी सेवा प्रवाह र गाउँपालिकाको विकासलाई प्राथमिकता दिने बताए। जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायबीच समन्वय तथा सहकार्य गर्दै नागरिकलाई सहज, छिटोछरितो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।


तपाईको प्रतिक्रिया !