वीरगंज, १५ असोज। पर्साको छिपहरमाई गाउँपालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत सर्वजीत कुमार झाले पदभार ग्रहण गरेका छन्।
बुधबार गाउँपालिका उपाध्यक्ष लिलावती देवी कानुले गम्छा, अबिर टीका तथा फूलमाला लगाएर अधिकृत झालाई स्वागत गरेकी हुन्। स्वागत कार्यक्रममा उपाध्यक्ष कानुसहित वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत झाले गाउँपालिकामा सुशासन कायम गर्दै प्रभावकारी सेवा प्रवाह र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राख्ने बताए।
उनले जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायबीच आवश्यक समन्वय तथा सहकार्य कायम गरी नागरिकलाई सहज, छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए।


तपाईको प्रतिक्रिया !