पटेर्वा सुगौलीमा महमद नवाज हुसैनले सम्हाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

न्यूज डेस्क
२०८३ आश्विन १५, बिहीबार १३:१७ बजे

वीरगंज, १५ असोज। पर्साको पटेर्वा सुगौली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी महमद नवाज हुसैनले सम्हालेका छन्।

हुसैनले बिहीबार गाउँपालिकाको कार्यालयमा पुगेर प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदबहाली गरेका हुन्। पदबहालीका क्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले उनलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

स्वागत कार्यक्रममा गाउँपालिकाको प्रशासनिक व्यवस्थापन, विकास निर्माणका काम तथा नागरिकलाई प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने विषयमा छलफल भएको थियो।

पदभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत हुसैनले गाउँपालिकाको प्रशासनिक कामलाई व्यवस्थित र सेवामुखी बनाउँदै सेवाग्राहीलाई सहज, सरल र छिटोछरितो सेवा उपलब्ध गराउन प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

उनको आगमनसँगै गाउँपालिकाको दैनिक प्रशासनिक कार्य, योजना कार्यान्वयन, कर्मचारी व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

गाउँपालिका परिवारले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत हुसैनको कार्यकाल सफल, उपलब्धिमूलक तथा नागरिकमैत्री रहोस् भन्दै शुभकामना व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्