पर्सा। पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वास्थित हुलाकी सडकको छेउमा मृत फेला परेका वृद्धको पहिचान खुलेको छ।
शुक्रबार बिहान ७:१० बजे स्थानीय बासिन्दाले सडक छेउमा एक व्यक्ति मृत अवस्थामा रहेको भन्दै प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र मनिहर्वा चेकपोस्टबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार मनिहर्वा चोकबाट करिब ५० मिटर उत्तरतर्फ सडकको छेउमा अन्दाजी ७० देखि ७५ वर्ष उमेरका देखिने पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मृतकको पहिचान उनका छोरा रामअशिष प्रसाद कुर्मीले गरेका हुन्। मृतक वीरगन्ज महानगरपालिका–२६ सुगौली बजार निवासी करिब ७३ वर्षीय जगरनाथ राउत कुर्मी रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
वृद्धको मृत्यु हुनुको कारण र घटनाको वास्तविक अवस्थाबारे जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिएका छन्।


तपाईको प्रतिक्रिया !