चेक अनादर मुद्दामा बुर्जकिशोर कुशवाहालाई पक्राउ गर्न बारा प्रहरीलाई अदालतको पत्राचार

NEWS DESK
२०८३ कार्तिक १९, बिहिवार ०९:०३ बजे

वीरगञ्ज । चेक अनादर मुद्दामा अदालतबाट भएको आदेश कार्यान्वयनका लागि प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन बारा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय बारालाई पत्राचार गरेको छ।

बारा जिल्ला अदालतको तहसिल शाखाले बुधबार जिल्ला प्रहरी कार्यालय बारालाई पत्र लेख्दै कलैया उपमहानगरपालिका–२३ निवासी बुर्जकिशोर कुशवाहालाई पक्राउ गरी अदालतमा दाखिला गराउन अनुरोध गरेको हो।

अदालतको पत्रअनुसार कलैया उपमहानगरपालिका–२३ निवासी चन्द्रिका राउतका छोरा तथा जगदम्बा ट्रेड कन्सर्नका प्रोप्राइटर अनिलकुमार पटेलले दायर गरेको चेक अनादरसम्बन्धी मुद्दामा कुशवाहा प्रतिवादी रहेका छन्।

पत्रमा कुशवाहा यसअघि बाराको साविक प्रसौनी गाविस–६ मा बसोबास गर्दै आएको र हाल कलैया उपमहानगरपालिका–२३ मा बस्दै आएको उल्लेख छ।

अदालतबाट गत कात्तिक १३ गते भएको आदेश कार्यान्वयन गर्दै प्रतिवादीलाई पक्राउ गरी वादीको बिगो दाखिला गराउने प्रयोजनका लागि अदालतमा उपस्थित गराउन प्रहरीलाई अनुरोध गरिएको छ।

अदालतको पत्राचारपछि जिल्ला प्रहरी कार्यालय बाराले प्रतिवादीको खोजी तथा पक्राउ प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ। यसबाट अदालतको आदेश कार्यान्वयन तथा मुद्दासम्बन्धी कानुनी प्रक्रिया अघि बढ्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्