म्याग्दे १ मा नेपाली काङ्ग्रेसको वडा अधिवेशनले बिनोददत्त खनाल सहित सम्पुर्ण पदाधिकारीहरु सर्वसम्मतबाट निर्वाचित ।

बीरगंज एक्सप्रेस
२०७८ भाद्र १८, शुक्रवार १५:२७ बजे

बिरगंज , १८ भदौ  । म्याग्दे १ मा नेपाली कांग्रेसको वडा अधिवेशनले पुनः विनोददत्त खनाललाई अध्यक्ष सहित कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधिमा पनि सर्वसम्मत निर्वाचित गरेको छ । डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनाल म्याग्दे १ बाट निर्वाचित भएका छन् ।

यसैगरी, म्याग्दे गाउँपालिका प्रवक्ता शिवशरण वाग्ले, कांग्रेस गाउँ सभापति प्रत्यासी विनोद खनाल, युवा नेता चाम थापालगायत पनि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

केन्द्रदेखि जिल्ला र तहसम्म प्रभाव राख्ने नेताहरु भएकाले म्याग्दे १ को प्रतिनिधि चयनलाई धेरैले चासोपूर्वक हेरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्