अपडेट 
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी | प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ |
२०७८ चैत्र १५, मंगलवार ०६:३१ बजे

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा अगामी बैशाख ३० गते हुने स्थानिय चुनावमा त्रीपक्षिय प्रतिसपर्धा हुने भएको छ।

बिगत चुनावमा संघिय समाजबादी पार्टीबाट निर्वाचित भएको यस सोनमा गाउपालिकामा यस पाली लोकतान्त्रीक समाजबादी पार्टी नेपाल, संघिय समाजबादी पार्टी नेपाल र नेपाली काङ्रेस बिच प्रतिसपर्धा हुने भएको छ। लोकतान्त्रीक समाजबादी पार्टी नेपाल बाट बिशेश्वर प्रसाद यादव, संघिय समाजबादी पार्टी नेपाल बाट राज कुमार यादव र नेपाली काङ्रेस बाट गोखुल राय लडने निश्चित भएको छ। बिगत चुनावमा पनि यिनै तीन पार्टी बिच पर्तिसपर्धा भएको थियो।

तीन पार्टी बिच प्रतिसपर्धा भए पनी यहा कसको जित हुन्छ यकिन गर्न कठिन देखिएको छ। बिगत चुनावमा जितेका गाउपालिका प्रमुखले चुनावको बेला घोषना गरेका मुद्दाहरु र जनताको लागि आवश्यक बिकास योजनाहरु पूरा नगरेको कारन यस पाली वाहालाइ जित्न मुश्किल देखिएको छ। केही दिन पहिले विभिन्न समाचार माध्यमबाट सोनमा गाउपालिकाको भ्रष्टाचारी को पोल खुलेको थियो, रु ४० पर्ने झारु को मुल्य रु १८० रुपया र रु १०० पर्ने पाइलट पेनको मूल्य रु ३३३ पास गरेको तथा कोरोनाको बेला पनी व्यापक भ्रष्टाचारी गरेको कारन जित हासिल गर्न कठिन हुने कुरा स्थानिय हरुले बताएको छ।

यता लोकतान्त्रीक समाजबादी पार्टीका उम्मेद्वार बिशेश्वर प्रसाद यादवले आफ्नो छवि पालिका भरी छोडेको छ। वाहाले प्रत्येक गाउँ गाउँमा गइ जनताको बिकास योजना र अन्य समस्याहरु बारे चासो लिइरहेका छ्न। आउने चुनावमा जित हासिल गरेपछी भ्रष्टाचार मुक्त पालिका र नमुना गाउपालिका बनाउने योजना मुख्य रहेको कारन उहाँ जित्ने प्रवल सम्भावना रहेको छ।

त्यस्तै नेपाली काङ्रेस को गढ मानिने मधेष प्रदेशमा यस सोनमा गाउपालिकामा नेपाली काङ्रेस बलियो देखिएको छ। धेरै उम्मेद्वार हरु रहेको नेपाली काङ्रेसमा गोखुल यादवलाइ उम्मेद्वार बनाउने भएका छन। नेपाली काङ्रेसले अहिले सम्म आफ्नो चुनावी घोषना पत्र बाहिर नल्याए पनी उनी प्रतिसपर्धा रहने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय