राष्ट्रिय सरोकार मंच नेपालद्वारा राजा ज्ञानेन्द्र शाहको ७५ औं जन्मोत्सव मनायो

बीरगंज एक्सप्रेस
२०७८ असार २३, बुधवार १५:५३ बजे

 

बीरगंज , २३ असार । राजा ज्ञानेन्द्र शाहको ७५ औं जन्मोत्सव आज एक समारोहका बीच बीरगंजमा पनि मनाइएको छ । जन्मोत्सवको अवसरमा राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहको तस्बिरमा माल्यार्पण गर्दै राजारानीको तस्बिर सहित बीरगंजका नगरको बिभिन्न भागको परिक्रममा गरेको छ ।

बीरगंजको घण्टाघरबाट सुरु भएको परिक्रमा माइस्थान, आदर्शनगर, भन्सार, गण्डक हुदै पुन: घण्टाघरमा पुगी सम्पन्न भएको थियो । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्