आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसकारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू(भागका थोरै स्थानहरू तथा तराई भू-भागका एकदुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



बिहीबार राति देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज