जनपक्षीय काम गरेको भन्दै जिराभवानीकी उपाध्यक्ष रेखा चौधरी सम्मानित

NEWS DESK
२०८३ कार्तिक १२, बिहिवार १०:४४ बजे

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीलाई उत्कृष्ट प्रशासनिक कार्यसम्पादन तथा जनपक्षीय काम गरेको भन्दै सम्मान गरिएको छ।

युवा समाज सेढवाका अगुवा युवा नेता कृष्णप्रसाद चौधरीको नेतृत्वमा गाउँपालिका कार्यालय पुगेको युवाहरूको टोलीले उपाध्यक्ष चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरेको हो। नागरिकप्रति उत्तरदायी भएर जनहितका काम गरेको भन्दै युवा समाजले उनको प्रशंसा गरेको जनाएको छ।

सेढवास्थित खेलकुद मैदानमा भएको अतिक्रमण हटाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको तथा जिराभवानी गाउँपालिका–५ मा सञ्चालित लक्ष्मी पोल्ट्री फार्मका कारण स्थानीय बासिन्दाले भोग्नुपरेको समस्याको समाधान गर्दै उक्त फार्म बन्द गराउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको युवा समाजले जनाएको छ।

स्थानीय स्तरमा जनताको समस्या समाधान गर्न सक्रिय भूमिका निर्वाह गरेको भन्दै युवाहरूले उपाध्यक्ष चौधरीको कार्यशैलीको प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा पनि जनताको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।

सम्मान कार्यक्रमका क्रममा युवा समाजले उपाध्यक्ष चौधरीलाई आगामी दिनमा थप ऊर्जाशील भएर जनसेवामा क्रियाशील रहन सुझाव दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेको थियो।

कार्यक्रममा युवा नेता कृष्णप्रसाद चौधरी, महादेव महतो, कपिलदेव गौरोलगायत युवाहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्