बाराका प्रमुख कोष नियन्त्रक गिरिको सरुवा, मकवानपुरका रेग्मी आउने

NEWS DESK
२०८३ कार्तिक १२, बिहिवार १०:३६ बजे

बारा । कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका प्रमुख कोष नियन्त्रक राधेश्याम गिरिको सरुवा भएको छ। उनको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, काठमाडौंमा सरुवा भएको हो।

गिरिको स्थानमा कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख कोष नियन्त्रक दिनेश रेग्मी आउने भएका छन्। महालेखा नियन्त्रक कार्यालयले गरेको सरुवा तथा पदस्थापनसम्बन्धी निर्णयअनुसार रेग्मीलाई बारामा पदस्थापन गरिएको हो।

महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

कार्यालयले २०८३ कात्तिक ११ गतेको निर्णयअनुसार उपसचिवस्तरका कर्मचारीहरूको सरुवा, पदस्थापन, काज व्यवस्थापन तथा जिम्मेवारी हेरफेर गरेको जनाएको छ।

सोही निर्णयअनुसार गिरिलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा गरिएको हो भने रेग्मीलाई कोष तथा लेखा नियन्त्रण कार्यालय बाराको प्रमुख कोष नियन्त्रकको जिम्मेवारी दिइएको छ।

यस निर्णयसँगै बाराको कोष तथा लेखा नियन्त्रण कार्यालयको नेतृत्व परिवर्तन हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्