ललित राजवंशीले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको युनाइटेड अरब इमिरेट्स (यूएई) का ओपनर आर्यन लक्रालाई नेपालका ललित राजवंशीले पभेलियनको दिशा देखाए ।



यूएईका आर्यन लक्रालाई ललितले २.५ ओभरमा बोल्ड गरे । अहिले चार ओभरको खेल सकिँदा यूएईले एक विकेट गुमाएर ४१ रनमा खेलिरहेको छ ।



लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज