प्रधानमन्त्री कार्यालयको अफिसियल ट्विटर ह्याण्डल ह्याक !



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्विटर ह्याकरको कब्जामा पुगेको आशंका गरिएको छ ।

आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएको छ ।



विभिन्न तीन फरक-फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले यसबारे अध्ययन थालेको छ।



प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटरमा समस्या आएपछि प्राविधिक टोलीले अनुसन्धान थालेको र छिट्टै समस्याको समाधान हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज