कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा



सुर्खेत । हिन्दुहरूको पर्व रामनवमीको दिन कर्णाली प्रदेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशभर बिहीबार बिदा दिइएको हो । कर्णाली प्रदेश सरकारको २०७८ चैत २९ गतेको निर्णयअनुसार बिदा दिइएको मन्त्रालयको भनाइ छ ।



चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।



असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज