मिटरब्याजी पीडकलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्छ : जगप्रसाद शर्मा



काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मिटरब्याजी पीडितहरु आन्दोलित भइरहेको उल्लेख गर्दै मिटरब्याजी पीडकहरुलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।



सरकारले मिटरब्याजलाई अपराध मान्दै कानुनी दायरामा ल्याउन मुलुकी अपराधसंहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ ।



त्यस्तै उनले द्वन्द्वकालीन घटनाहरूको सम्बन्धमा सङ्क्रमणकालीन न्यायको विधिबाट कानुन बनाएर मात्रै समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज