काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको शिलान्यास गरेका छन्।
बिहीबार उनले उक्त भवनको निर्माण प्रारम्भ भएको घोषणा गरेका हुन्।
चैत ६ गते निर्माण सम्झौता भएको उक्त भवन भ्याटबाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण पूरा हुनेछ।
सम्झौतामा भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने भनिएको छ।
प्रतिक्रिया!