बारा-२ मा लोसपाबाट राजेन्द्र महतो चुनाव लड्ने



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो बारा २ मा उपचुनाव लड्ने भएका छन् ।

पार्टीका एक शीर्ष नेताका अनुसार लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेकोछ ।



गत चुनावमा सर्लाही-२ बाट महिन्द्र राय यादवसँग पराजित भएका महतो बारा-२ मा चुनाव लड्न जान लागेका हुन् ।



वैशाख १० गते उपनिर्वाचनमा सप्तरी र सर्लाहीबाट पराजित शीर्ष नेताहरु जसपाका उपेन्द्र यादव र महतोबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज