राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले पूर्वमन्त्री थापालाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



उनी गत मंसिर ४ को निर्वाचनमा एमालेका राजेन्द्र राईसँग पराजित भएका थिए ।



पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेका थापाले यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा काम गरिसहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज