कालिकामाई गाउँपालिकाको ४० करोड ८३ लाखको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड



वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ काे ४० कराेड ८३ लाख बराबरकाे बजेट सार्वजनिक गरेकाे छ ।

गाउँपालिकाकाे ११ औं गाउँ सभाबाट पारित बजेट साेमबार एक कार्यक्रमकाे बिच सार्वजनिक गरिएकाे हाे । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष राजमती बरैनीले अगामी आर्थिक बर्षकाे बजेट सार्वजनिक गरिन ।

गाउँ सभाले अगामी बर्षकाे लागि शिक्षा क्षेत्र विकासमा दुई कराेड, स्वास्थ्यमा एक कराेड, कृषिमा एक कराेड ५० लाख, भाैतिपूर्वाधार विकासमा ५ कराेड र समाजिक क्षेत्र विकासमा ५० लाख बजेट छुट्याएकाे प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले जानकारी दिए । उनका अनुसार वडा स्तरिय बजेट सिलिङ्ग ७५ लाख रहेकाे छ ।

मधेश प्रदेश मै सभाबन्दा पहिले निति तथा कार्यक्रम सार्वजनिक गरेकाे कालिकामाई गाउँपालिकाले साेमबार मात्र बजेट सार्वजनिक गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज