पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियूद्धारा प्रदर्शन

बीरगंज एक्सप्रेस
२०७९ श्रावण १८, बुधबार ०६:४६ बजे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियू बागमती प्रदेश कमिटीले नेपाल आयल निगमको कार्यालय टेकु अगाडि विरोध प्रदर्शन गरेको छ ।

उपत्यका बिशेष कमिटीले भारतबाट मूल्य घटेर आएपनि निगमले मूल्य समायोजन नगरेको भन्दै प्रदर्शन गरेको हो ।



आयल निगमले भारतबाट मूल्य घटेर आए पनि निगम घाटामै रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निर्णय गरेको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्