चिनियाँ नागरिक अपहरणमा संलग्न दुई जना प्रहरी र न्यायाधीशका पीएसओ सार्वजनिक

बीरगंज एक्सप्रेस
२०७९ श्रावण १९, बिहीबार १०:३५ बजे

काठमाडौं । राजधानीमा चिनियाँ नागरिकको अपहरणमा एक न्यायाधीशका पीएसओको समेत संलग्नता रहेको खुलासा भएको छ । पाटन उच्च अदालतका ती न्यायाधीशका पीएसओ रहेका प्रहरी हवल्दार चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको खुलासा भएको हो ।

प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र अर्का एक प्रहरी जवानसहित ६ जना पक्राउ परेका हुन् । प्रहरी जवान शिव सुनार प्रहरी वृत्त बालाजुमा कार्यरत रहेको खुलेको छ ।



पक्राउ परेका बाँकी चार जनामा २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय बिशाल मगर र २७ वर्षीय बिनोद केसी रहेका छन्। उनीहरुले बुधबार राति चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेपछि यसबारे खुलासा भएको हो । चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले गोंगबुमा लगेर बन्धक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्