प्रदेस सांसद कलवारको सर्हानिय कार्य,११ जना अपांगलाई ह्वील चेयर साइकल वितरण।



बिरगंज । पर्सा क्षेत्र नं ४ (ख) का प्रदेश सांसद सिंगासन साह कलवारले आफ्ना क्षेत्रका पुर्ण अपागं भएको ११ जनालाई ह्वील चेयर साईकल बितरण गरेका छन ।

अपाङ्गहरुलाई वितरण गरिएका ह्वील चेयर साईकलको प्रयोगबाट घर वरिपरि हिड्डुल गर्न सजिलो होस भने उदेश्यका साथ वितरण गरेको हो ।

प्रदेश सांसद कलवारले आफ्ना संसदिय कोषको रकमबाट क्षेत्र भित्र रहेका अपांगहरुको घर घरमा पुगि ह्वील चेयर साईकल वितरण गरेको सर्हानिय कार्य देखेर क्षेत्र बासी खुसी व्यक्त गरेका छन् ।

सुनिल कुमार साह कानु , निल बाबु तिवारी , खेमराज राउत, हरिशन्कर ठाकुर  , लंगड राउत कुर्मी , सुकट प्रसाद यदाव , मनोज महारा चामार , रुबि कुमारी , नैनुल होदा अन्सारी , मोहन मुखिया लगायतलाई ह्वील चेयर साईकल वितरण गरेको हो ।

अपाङ्गहरुलाई साइकल बितरण कार्यक्रमा धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहन , जसपाका गाउँपालिका संयोजक इन्द्रावसन साह कालवर, युवा नेता रामपुकार यादव , हिमान्चल कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज