प्रमुख प्रशासकीय अधिकृतलाई क्वाटरमै थुनेर चालक फरार



[ad_1]

बारा । बाराको देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई उनकै क्वाटरमा थुनेर उनका निजी चालक फरार भएका छन् ।

कलैया उपमहानगरपालिका –४ स्थित रहेको क्वाटरभित्र परिवारसहित बस्दैआएका उनलाई आज मङ्गलवार बिहान ८ बजे ढोका खोल्दा बाहिरबाट ताला लगाइएको भेटिएको हो ।



ढोकामा ताला लगाएको बारे छिमेकीलाई जानकारी गराउँदा क्वाटरको मूल ढोका र भित्री फ्ल्याटमासमेत अलगअलग दुई वटा ताल्चा लगाइएको थियो ।



प्रमुख प्रशासकीय अधिकृत पालले चढ्ने पालिकाको चालक महेन्द्र सहनीले ढोकामा ताल्चा लगाएको स्वीकार गरेका छन् ।

चालकले किन ताला लगाएर फरार भए भन्ने विषयमा थप जानकारी नआएको बारा प्रहरीले जनाएको छ ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज