डोटीमा जिप र मोटरसाइकल आपसमा ठोक्किदा ६ जना घाइते, २ गम्भीर



[ad_1]

डोटी । डोटीमा जीप दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।

दिपायलबाट सिलगढी आउँदै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आईरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडि आज बिहान एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।



दुर्घटनामा दिपायल सिलगढी नगरपालिका-७ का जीप चालक तथा गाडी धनी मानबहादुर विष्टकी आमा धौलीदेवी बिष्ट, मानबहादुरकी श्रीमती दुर्गादेवी बिष्ट, उनको साढे एक वर्षका छोरा सिजन विष्ट, सोहि जीपमा रहेका बडीकेदार गाउँपालिका-१ घर भएका जर्णबहादुर बम घाइते भएका छन्।



त्यसैगरी घाइते हुनेमा मोटरसाइकल चालक स्वास्थ्यकर्मी बिष्णु बोहरा र मोटरसाइकल पछाडि बसेका स्वास्थ्यकर्मी टंकीकुमारी उपाध्याय जोशी रहेका छन्।

अहिले घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका धौलीदेवी विष्ट र मोटरसाइकल चालक बोहरालाई थप उपचारका लागि सुखेतस्थित कर्णाली प्रादेशीक अस्पतालमा सेनाको हेलिकप्टरबाट लैजाने तयारी भइरहेको बताइएको छ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज