वीरगंज – १३,चैत । ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरी टोलीले कालिकामाई गाउँपालिका – १ टिनडुबियास्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ ।
प्राप्त सूचनाका आधारमा ईप्रका पोखरियाका प्रमुख प्रहरी निरीक्षक मोहन बिक्रम केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार बिहान २ बजे कानूनी रीतपुर्याइ निजको घरकोठा खानतलासी गर्दा सो घरको अगाडि बरण्डामा खाटमुनी पहेलो र कालो प्लाष्टिकले बेरिएको ५०० ग्रामको २० पोका गरी जम्मा ९ किलो ८०० ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले बताउनुभयो ।
पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका – १ टिनडुबियाका निवासी ३८ वर्षिय बृजेश प्रसाद कुर्मी रहेका छन् ।
डीएसपी गिरीका अनुसार निजलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट दिन ४ म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।