एसईई परीक्षाको सुरक्षामा खटिएका असईको अचानक मृत्यु



महोत्तरी । महोत्तरीमा एसईई परीक्षाको सुरक्षार्थ खटिएका असईको मृत्यु भएको छ ।

जिल्लाको बलवा नगरपालिका १० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रको सुरक्षामा खटिएका प्रहरी असई ललनकुमार राय पटेलको मृत्यु भएको हो ।



रौतहटका गौर नगरपालिका–२ घर भएका असई पटेल अचानक स्वास्थ्यमा समस्या भई बेहोस भएका थिए । त्यसपछि पटेललाई उपचारका लागि जनकपुरधाम प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।



सोही अस्पतालमा शुक्रबार बिहान ९ बजे २५ मिनेटमा असई पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज