गहुँ काटिरहेका बेला चट्याङ लागेर महिलाको मृत्यु

न्यूज डेस्क
२०७९ चैत्र १७, शुक्रवार १९:२० बजे

ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर महिलाको मृत्यु भएको छ ।

जिल्लाको चम्पादेवि गाउँपालिका –६ भदौरेकी २० वर्षीया शर्मिला कार्कीको शुक्रबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको हो ।



खेतमा गहुँ काटिरहेको समयमा वर्षासँगै आएको चट्याङ लाग्दा कार्की र सोही ठाउँकी वर्ष १३ की अरुण कार्की घाइते भएकी थिइन् ।



प्राथमिक स्वास्थ्य चौकी रानीवनमा उपचारको क्रममा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घाइते अरुण कार्कीको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्