नेपालले जित्यो प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि



काठमाडौं । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि हात पारेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले हराउँदै नेपालले उपाधि जितेको हो । खेलमा १ गोलले पछाडि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो ।



खेलको १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ अ‍ौँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।



खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ गोलले जिताएका हुन् । उपाधिसँगै नेपालले ५ हजार डलर प्राप्त गरेको छ। उपविजेता लाओसले ३ हजार डलर प्राप्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज