अख्तियारको स्ट्रिङ अप्रेसन : घुस लिँदै गर्दा मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ

न्यूज डेस्क
२०७९ चैत्र १९, आइतवार २०:१५ बजे

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस रकमसहित बाराबाट एक खरिदार र लेखापढी कानून व्यवसायीलाई पक्राउ गरेको छ ।

मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाहलाई पक्राउ गरेको हो । जग्गा रजिष्ट्रेसन पास गराइ दिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटालो बाराको कलैयामा स्ट्रिङ अप्रेसन सञ्चालन भएको पुष्टी गरे । उनले १५ हजार घुस रकमसहित दुई जनालाई पक्राउ गरिए पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्