रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
न्यूज डेस्क
२०८१ माघ १९, शनिवार २२:५७ बजे

रौतहट । रौतहटको जयनगरमा विद्युतीय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । ११ हजार भोल्टको करेन्ट लागेर २५ वर्षीय रामजी साहको मृत्यु भएको हो । विद्युतीय करेन्ट लागेर अचेत भएका साहलाई गरुडामा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट वीरगन्जस्थित गण्डक अस्पताल लगिएको थियो ।

गण्डक अस्पतालका डाक्टरले साहलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले बताए । उनका अनुसार मृतक साहको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ ।

मृतक साह गरुडा नगरपालिकामा कार्यरत करारका अमिन हुन् । गरुडा नगरपालिकाको जयनगरमा निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको अनुमान गरिएको प्रहरीले बताएको छ ।

पालिकाको कर्मचारी साहको निधनले स्तव्ध भएको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जैसवालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्